काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशलमव ७८ प्रतिशत वृद्धि भएको छ । यी बैंकहरूले गत आवमा कुल रू. २ अर्ब २५ करोड ४२ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ अर्ब ५८ करोड ७५ लाख पुगेको छ ।
राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी रू. ५४ करोड ९२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७ दशलमव १६ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा यस बैंकले रू. ५१ करोड २५ लाख नाफा कमाएको थियो ।
मुक्तिनाथ विकास बैंकले रू. ५० करोड ३१ लाख नाफा कमाएको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा ज्योति विकास बैंक आर्जन गरेको छ । बैंकको नाफा गत आवको तुलनामा चालू आवमा १४७ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकले रू. १० करोड १० लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २५ करोड १ लाख पुगेको छ ।
आठ बैंकमध्ये दुई बैंकको नाफा गत आवको तुलनामा घटेको छ भने बाँकी सबैको नाफा बढेको छ ।