काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको छ । चैत ८ गते बोर्डले कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
कुल कित्ता ऋणपत्र मध्ये १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र कम्पनीले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गर्नेछ भने १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा भने सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो ।