विश्वमा बाँकी खाना फाल्ने समस्या विकराल रहेको हालैका विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । केही अघि मात्रै एक अध्ययनमा त अमेरिकीहरूले झन्डै आफूले पकाएकोमध्ये आधाभन्दा बढी खाना खेर फालिरहेको पाइएको थियो । त्यसैगरी अर्को एक अध्ययनमा विश्वभरि कुल पकाइएकोमध्ये एक तिहाइ हिस्सा नखाइकनै खेर फालिने गरेको तथ्य सार्वजनिक गरेको थियो । यसबाट भोकमरीले ग्रस्त अफ्रिकी देशहरूका मानिशहरूले प्राप्त गर्न सक्ने खाद्यान्न त्यसै नष्ट भइरहेको ती अध्ययनले जिकीर गरेका थिए । तर, अब एक जापानी रेष्टुराँले विकराल बनेको यो समस्या घटाउन अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ ।
वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९