साउन २९, काठमाडौं । आइतवार नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत भएको छ ।
कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर सूचीकृत भएको हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्जर पश्चात् रिडी पावर कम्पनीको नामबाट शेयर सूचीकृत भएको हो ।
अब रिडी हाईड्रोपावर र रैराङ हाइड्रोपावरका शेयरधनीको खातामा रिडी पावर कम्पनीको नामबाट शेयर देखिनेछ । नेप्सेले कम्पनीको शेयरलाई न्यूनतम प्रतिकित्ता रू. ७०८ दशमलव ६० ओपनिङ रेञ्ज दिएको छ । सोही आधारमा सोमवारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीको स्टक सिम्बोल आरआईडीआई रहेको छ । रिडी हाईड्रोपावर र रैराङ हाइड्रोपावर १ः०.९३ अनुपातमा मर्जरमा गएका हुन् ।