साउन २३, काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई गाभेपछि असार ३१ गतेबाट एकीकृत कारोबार शुरू भएको छ । दुवै कम्पनी एक भएपछि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हाे ।
दुवै कम्पनीको असार १७ गते बसेको विशेष साधारण सभाले रिडीले रैराङलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो । रिडी हाइड्रोपावरले रैराङलाई १ बराबर शून्य दशमलव ९३ अनुपातमा गाभेको हो । रैराङको १०० कित्ता शेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता शेयर पाउनेछन् ।