काठमाडौं। एचआर र पेरोल सफ्टवेयर रिगोएचआरले पेरोल मोड्युललाई परिमार्जनसहित नयाँ संस्करण सार्वजनिक गरेको छ, साथै कम्पनीले ‘सिफ्ट सेड्युलिङ’को नयाँ संस्करण पनि ल्याएको छ । कम्पनीले १३ वर्षदेखि राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका व्यवसायको एचआर र पेरोल व्यवस्थापनमा काम गर्दै आएको बताइएको छ । कम्पनीमा अनुभवी चार्टर्ड एकाउन्टेन्ट, वित्त विशेषज्ञ र सफ्टवेयर इन्जिनियरहरू संलग्न छन् । नवीनतम प्रविधिमा बनेको, छिटो, त्रुटीरहित क्यालकुलेसन, कानूनी अनुपालन, सुरक्षित र भरपर्दो प्लेटफर्मका लागि रिगोएचआर परिचित रहेको बताइएको छ ।
नयाँ अपडेटेड मोड्युलमा नयाँ एचआर कोर, सूचना परिवर्तन र तलब सम्बन्धी इभेन्ट ट्र्याकर, समयमै त्रुटी पहिचान तथा रोकथामको विशेषता रहेको कम्पनीको भनाइ छ । परिमार्जित संस्करणमा कानूनी अनुपालनमा सहयोग, अत्यन्त सरल तथा छिटो पेरोल प्रक्रिया, मेकर–चेकर प्रणाली, सजिलो अतिरिक्त भुक्तानी, कर्पोरेट पे इन्टिग्रेसन लगायतका सुविधा रहेको बताइएको छ । नयाँ वर्षको विशेष अफरको रूपमा जुलाई २०२५ सम्म न्यूनतम मूल्यमा सफ्टवेयर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ, जसले व्यवसायलाई कम लागतमा मानव संसाधन प्रणालीको स्तरवृद्धि गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सिफ्टमा आधारित कार्यस्थल होटल, अस्पताल, निर्माण उद्योग लगायतका लागि डिजाइन गरिएको नयाँ भर्सनको सिफ्ट सेड्युलिङ पनि सार्वजनिक गरेको बताइएको छ । कम्पनीका प्रमुख व्यापार अधिकृत राजन श्रेष्ठले न्यूनतम मासिक शुल्कमा क्लाउडमा आधारित, आधुनिक, भरपर्दो र सुरक्षित एचआर प्लेटफर्ममार्फत सफ्टवेयरले नेपालको एचआर प्रविधि क्षेत्रमा अग्रणी स्थान कायम राखेको बताए । नयाँ वर्ष अफरअन्तर्गत यसको मूल्य रू. १५० प्रति महीना प्रति कर्मचारीबाट शुरू हुने बताइएको छ ।