काठमाडौँ । रिलायबल समृद्धि योजनाको इकाई वैशाख ९ गते आजसम्म मात्र निष्कासनमा रहने भएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले यस योजनाको इकाई आजसम्म मात्र निष्कासन गर्न लागिएको हो ।
रिलायबल इन्भेष्टमन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले वैशाख ३ गतेदेखि इकाई निष्कासन गरेको हो । रिलायबल इन्भेष्टमन्ट एण्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने गरी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।
रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ । यीबाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।