चैत २०, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आइतवारदेखि शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायका व्यक्तिहरु एक महीनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ ।
काठमाडौंको घण्टाघर नजिकै रहेको काश्मिरी मस्जिदमा साँझको प्रार्थना गर्दै मुस्लिम समुदायका मानिसहरु । लामो समयदेखि मस्जिद नजिकै व्यापार गरेका सर्लाहीका नुरअली खानले विगत दुई वर्ष कोभिडका कारण व्यापार गर्न नपाएको र अहिले बजार भाउ आकासिएको कारण हैसियत अनुसार मानिसहरुले खरीद गरेको बताए ।
दूधमा पकाइने यो परिकार यो पर्वमा अनिवार्य जस्तै छ । रमजानमा यसको व्यापार पनि बढ्छ ।
स्थानीय बजारमा सेबईको प्रकार अनुसार प्रतिकेजी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म र खजुरका प्रकार अनुसार प्रतिकेजी ७०० रुपैयाँदेखि २ हजार १०० रुपैयाँसम्म विक्री भइरहेको छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान