भदौ २६, रूपन्देही । रूपन्देहीको तिलोत्तमा–२ जानकीनगरमा गल्फ ट्रेड आल्मुनियम किचन डेकोरेशनको शुभारम्भ गरिएको छ । डेकोरेशनको बिहीवार सहायक प्रमुख जिल्ला अधिकारी कैशलराज शर्मा र रूपन्देही उद्योग सङ्घका अध्यक्ष बोनिन पियाले संयुक्त रूपमा शुभारम्भ गरे । बुटवल तथा तिलोत्तमा क्षेत्रमा आल्मुनियमको किचन उपलब्ध गराउन डेकोरेशन सञ्चालनमा ल्याइएको हो ।
आल्मुनियमको किचन नया“ अवधारणा हो । खिमानन्द शर्मा बस्याल र नीलकण्ठ तिमल्सेनाले किचन डेकोरेशन सञ्चालनमा ल्याएका हुन् । ५० हजारदेखि ३ लाख ५० हजार रुपैया“सम्मको किचन उपलब्ध गराउने सञ्चालक खिमानन्द बस्यालले बताए । आफ्नै आल्मुनियम उद्योगबाट मोडुलर किचन, दराज, टीभी ¥याक, अफिस फाइल ¥याकलगायत विभिन्न प्रकारका आल्मुनियका सामग्री उत्पादन गरिने उनको भनाइ छ ।
मलेसियन प्रविधि र दक्ष प्राविधिकबाट निर्माण गरिने आल्मुनियम सीट किचन अत्यधिक टिकाउ हुने उत्पादकको दाबी छ । डेकोरेशनले हालसम्म पोखरा, काठमाडौं, नारायणगढमा शोरूम विस्तार गरिसकेको छ । किचन खरीद गर्नेलाई केही समयका लागि १० प्रतिशत छूटको समेत व्यवस्था गरिएको छ ।