काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भदौ १५ गते दुई कम्पनीहरूबीच मर्जरका लागि प्राम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जर सम्झौता भएसँगै यी दुई कम्पनीको आधारभूत शेयरधनीहरूको मात्र शेयर कारोबार रोक्का हुनेछ । मर्जर प्रक्रिया सम्पन्न भई एकिकृत कारोबार शुरूभएको दिनदेखि भने बाँकी सम्पूर्ण शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का हुनेछ ।
हाल सबैको लघुवित्तको चुक्तापूँजी ३१ करोड ८६ लाख रूपैयाँ रहेको छ भने साधना लघुवित्तको चुक्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दुबै कम्पनीले मर्जरका लागि गरिएको प्रारम्भिक सम्झौतको वारेमा जानकारी गराएका हुन । मर्जरका लागि शेयर स्वाप रेसियोको विषयमा भने दुबै कम्पनीले जानकारी दिएका छैनन् ।