काठमाडौं। नेपालमा साना र मझौला व्यवसाय (एसएमबिज) लाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ । ‘ह्यासट्याग ग्रो विथ टिकटक मास्टरक्लास’ नामक कार्यशालाले व्यवसाय बढाउन टिकटक प्लेटफर्मको प्रयोग बारे जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीलाई प्रशिक्षित गराइएको बताइएको छ ।
कार्यशालामा सहभागीले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र उत्पादन तथा सेवालाई रचनात्मक रूपमा प्रदर्शन गर्न सिकाइएको थियो । कार्यशालाले विशेषज्ञको नेतृत्वमा टिकटकमार्फत गर्न सकिने प्रवर्द्धनका विविध पक्षलाई समेट्ने सत्रहरूको शृंखला प्रस्तुत गरेको बताइएको छ ।
सहभागीले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायले कायम र सम्भावित ग्राहकसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने जानकारी पाएका थिए । यस क्रममा सहभागीलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराइएको बताइएको छ ।