काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो । इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्ने छ । कम्पनीले वैशाख २ गते यी शेयर खरीदका लागि १५ दिने सूचना जारी गरेको हो ।