काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीमा जारी हुँदा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयरको कित्ता खुलाई आवेदन दिनुपर्नेछ । बैंकले मघुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता र प्रेम पन्तको नाममा रहेको २८ हजार ९८२ किक्ता शेयर विक्री गर्न लागेको हो ।