काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ३ दशमलव ८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।