काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीको ५० लाख कित्ता हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धकको कार्य गर्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी रू. २ अर्ब बराबरको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको पूँजी रू. २ अर्ब ५० करोड पुग्नेछ ।