काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टी १ करोड ५४ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ । असार मसान्तसम्म योजना १३ करोड ८१ लाख रुपैयाँभन्दा बढी नाफामा थियो । साउन मसान्तसम्म योजनाको जम्मा आम्दानी ऋणात्मक बनेकाले योजना नोक्सानीमा गएको हो ।
असार मसान्तसम्म १६ करोड ४३ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाको साउन मसान्तसम्म यो आम्दानी १ करोड २७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
खर्च रकम भने साउनमा घटेको छ । असार मसान्तसम्म २ करोड ६१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले साउन मसान्तसम्म २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म १२ रुपैयाँ ३४ पैसा रहेकोमा साउन मसान्तसम्म १२ रुपैयाँ २२ पैसा छ । योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।
साउन मसान्तसम्म धितोपत्र दलाल कमिसनसहित १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको योजनाले बैंक मुद्दती निक्षेपमा १० करोड रुपैयाँ लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी मात्र छ ।