काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार ४२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ ।
कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य कुनै व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले तनहुँ, बन्दीपुर डुम्रेस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न आग्रह गरेको छ ।