काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा भोलि शुक्रवार अर्थात् फागुन २६ गते हुँदै छ । सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट बन्दीपुर-५ तनहुँमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
सभामा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव लगिँदै छ । त्यस्तै सभामा यस कम्पनीले ‘घ’ वर्गका कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावउपर पनि छलफल हुनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।