चितवन। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को अध्यक्षमा टीकाकुमारी अधिकारी चयन भएकी छन् । संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा अधिकारी, सचिवमा शैलजा घिमिरे पौडेल, कोषाध्यक्षमा इन्दिरा वाग्ले, सहसचिवमा तुलसी थापा र सदस्यहरूमा कल्पना रिमाल, इन्द्रकुमारी भुसाल, चन्द्रकला अधिकारी, शारदा केसी रायमाझी, चनवती श्रेष्ठ, रेखा सुनार चयन भएका छन् । सेवा नेपालको संस्थापक अध्यक्षमा निवर्तमान अध्यक्ष पार्वती न्यौपाने छिन् । सेवा नेपालको कार्यक्षेत्र ६ प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य चयन गरिएको संस्थाकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.