काठमाडौं। लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत लामो समयदेखि आर्थिक सहयोग गर्दै आएको पोखरा–१७, दोबिल्लास्थित ‘सहारा फुटबल एकेडेमी’लाई थप रू. २ लाख ४५ हजार सहयोग गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्त रूपमा एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सञ्चालक थापाले एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको भन्दैै एकेडेमीले खेलकुदको उन्नतिको लागि गरेको कामको प्रशंसा गरे । एकेडेमीका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाको खाजा र खानाका लागि खर्च गरिने बताए ।