काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशत घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ करोड २७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ६५ लाखमा सीमित भएको हो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ४९ दशमलव ४८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ६८ लाख रहेकोमा चालू आवमा रू. २ करोड ३६ लाखमा सीमित भएको हो ।
कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १० करोड ४५ लाख र रिटेन्ड अर्निङमा रू. १२ करोड १८ लाख सञ्चित गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले रू. १ अर्ब १८ करोड सापटी लिएर र रू. ९० करोड ५२ लाख निक्षेप संकलन गरेर रू.२ अर्ब ४० करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड २९ लाख रहेको छ । प्रतिशेयर आम्दानी रू. ३० दशमलव २९ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७५ दशमलव ५६ गुणा, तरलता अनुपात १६ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४९ दशमलव ६७ छ ।