काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले ‘भिसा प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ, जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड भएको बताइएको छ ।
यस कार्डलाई बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलद्वारा सार्वजनिक गरिएको थियो ।
यो कार्ड प्रयोग गर्ने ग्राहकले वार्षिक दुई पटकसम्म एयरपोर्ट लङमा नि:शुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकले कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र उक्त कार्ड प्रयोग गर्ने ग्राहकले बैंकिङ सेवामा प्राथमिकता पाउने बताइएको छ । प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिनेछ ।
उक्त कार्डका लागि शुरुआती ३ महीनाभित्र आवेदन दिने ग्राहकलाई नि:शुल्क अन्तरराष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बताइएको छ । प्लाटिनम क्रेडिट कार्डले ग्राहकलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकको छ ।
यस कार्ड र यसका सुविधाबारे विस्तृत जानकारी पाउन बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ ।