काठमाडौं। सिद्धार्थ बंैक र काठमाडौंको कमलादीस्थित हेयर एण्ड शान्ति ब्युटीपार्लरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ब्युटीपार्लरका शाखामा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ ।
सम्झौताले ग्राहकलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ । सम्झौताबारे थप जानकारी बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ रिवार्डस’का सम्पर्क माध्यमबाट पाउन सक्ने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्र ‘सिद्धार्थ रिवाडर्स’ नामक लोयल्टी सेवा सञ्चालनमा ल्याएको छ ।