काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी तीनओटै फण्डले माघ मसान्तको तुलनामा फागुन मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ९१ करोड ७१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९६ करोड ९६ लाख पुर्याएको छ । त्यस्तै सिद्धार्थ व्यवस्थित लगानी योजनाले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ३९ करोड ५८ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ४९ करोड ३९ लाख पुर्याएको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ५४ करोड ४३ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६१ करोड ३० लाख पुर्याएको छ ।
यस फण्डको न्याभ पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५७ पैसा रहेकोमा फागुनमा बढेर १० रुपैयाँ ५९ पैसा पुगेको हो ।
यस फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा माघको तुलनामा ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. २ करोड ८ लाख नाफा कमाएको थियो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. २ करोड ९६ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड २७ लाख पुगेको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको न्याभ भने माघको तुलनामा फागुनमा केही घटेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३१ पैसा रहेकोमा फागुन मसान्तमा घटेर ९ रुपैयाँ २९ पैसामा झरेको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तमा रू. २ करोड ११ लाख थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ भने माघको तुलनामा फागुनमा बढेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ८८ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ९ रुपैयाँ ९१ पैसा पुगेको हो । यो फण्ड फागुन मसान्तसम्ममा रू. १ करोड ६० लाख नोक्सानीमा छ । माघ मसान्तमा पनि फण्ड रू. १ करोड ९३ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी माघको तुलनामा फागुनमा केही घटेको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्