काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा उल्लेख्य वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको खुद नाफा १०९ दशलमव ६५ प्रतिशत वृद्धि भएको हो । गत आवमा क्रम्पनीले रू. ५८ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५९ करोड ७१ लाख पुगेको छ ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नापाm बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १०२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ६ करोड रहेकोमा चालू आवमा बढेर रू. २ अर्ब १५ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. ७१ करोड २ लाख, महाविपत्ति कोषमा रू. १६ करोड ७४ लाख, स्पेशल रिजर्भमा रू. २ अर्ब ५० करोड र शेयर प्रिमियममा रू. ४ लाख ७५ हजार सञ्चिति गरेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ६० करोड कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले रू. १ अर्ब ५२ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कुल बीमाशुल्क ७१ दशमलव ३८ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवको तुलनामा चालू आवमा १३८ दशमलव ५६ प्रतिशत भएको छ । गत आवमा कम्पनीले रू. ५५ करोड ६९ लाख खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब ३२ करोड पुगेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसनअन्तर्गत रू. १ अर्ब २७ करोड खर्चिएको छ, जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३२ दशमलव ५५ प्रतिशतले बढी हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) रू. २८ दशमलव ३७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २५४ दशमलव ५९ छ ।