काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले पुस मसान्तसम्म ७ करोड ९९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । मंसिर मसान्तसम्म ९ करोड ७५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले पुसमा भने कम नाफा गरेको हो । पुसमा योजनाको आम्दानी घटेको छ भने खर्च बढेको छ ।
मंसिर मसान्तसम्म १० करोड ६७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ९१ लाख ३० हजारभन्दा बढी खर्च गरेको छ । पुस मसान्तसम्म भने योजनाले ९ करोड ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा १० करोड ६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
खुलामुखी प्रकृतिको यस योजनाको पुस मसान्तसम्म ११ करोड ७१ लाख ३९ हजार ६८७ दशमलव २२ इकाई कायम भएको छ । मंसिर मसान्तसम्म १० रुपैयाँ ८८ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य पुस मसान्तसम्म भने १० रुपैयाँ ७२ पैसा कायम भएको छ । पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने १ अर्ब १२ करोड ८६ लाख रुपैयाँभन्दा बढी कायम छ ।