भदौ १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) ले सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइई खुद मूल्य (न्याभ) असार महीनाको तुलनामा साउन महीनामा बढेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ रू. ८ दशमलव शून्य ८ रहेकोमा साउन महीनामा रू. ८ दशमलव २४ कायम भएको हो ।
त्यसैगरी फण्ड असार मसान्तसम्ममा रू. ४ करोड ३ लाख घाटामा रहेकामा साउन महीनामा ३६ लाख ६२ हजार नाफा कमाएको छ ।
असार मसान्तसम्ममा जम्मा खर्च रू. ५३ लाख ७१ हजार रहेकामा साउन महीनामा ३ लाख ९७ हजार कायमा भएको छ ।
त्यसैगरी साउन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४० लाख ६० हजार छ । गत महिनामा फण्डले ३ करोड ४९ लाख घाटा व्यहोरेको थियो ।
फण्डको साउन मसान्तसम्म सूचीकृत शेयरमा रू. १३ करोड ९१ लाख लगानी रहेको छ । उक्त लगानी गत महीनामा १३ करोड ६ लाख थियो । फण्डको मुद्दती निक्षेपमा रू. ३ करोड रहेको छ ।