काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी असोजको तुलनामा कात्तिकमा केही घटाएको छ । असोज मसान्तमा यस फण्डले सूचीकृत धितोपत्रमा रू. २८ करोड ८० लाख लगानी गरेकोमा कात्तिक मसान्तमा रू. २८ करोड ७० लाख गरेको हो ।
त्यस्तै यस फण्डको नोक्सानी असोजको तुलनामा कात्तिकमा बढेको छ । असोज मसान्तमा फण्डले रू. २ करोड ९ लाख नोक्सानी व्यहोरेकोमा कात्तिक मसान्तमा बढेर रू. २ करोड ३४ लाख पुगेको छ । कात्तिकमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
असोज मसान्तमा फण्डको जम्मा खर्च रू. २७ लाख १७ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू.३५ लाख ३४ हजार पुगेको छ । त्यस्तै कात्तिक मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. १ करोड ९८ लाख ऋणात्मक छ । फण्डको न्याभ असोज मसान्तमा ८ रुपैयाँ ५९ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।