काठमाडौं। सिद्धार्थ बैंक र र्याडिसन होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छूट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले होटेलको सेवामा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्ने बताइएको छ । सम्झौताले ग्राहकलार्ई छूट सुविधाका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।
सम्झौताबारे थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न केही समयअघि ‘सिद्धार्थ रिवाडर्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।