काठमाडौं। सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी राधे राधे भक्तपुरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले ल्याबमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा इन हाउस ल्याब टेस्टमा ४० प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकलार्ई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ सम्पर्क गर्न सकिने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा हालैै ‘सिद्धार्थ रिवाडर््स’ लोयल्टी सेवा पनि सञ्चालनमा ल्याइएको बताइएको छ ।