काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ ।
कम्पनीको नाम परिवर्तन गरी सिईडिबि होल्डिङ्ग्स लिमिटेड राखिएको हो । कम्पनीको गत असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट नाम परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो ।