काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (मंसिर ६ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।