काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ३ गते गर्ने भएको छ ।
सभा होटल अकामा धुम्बारी काठमाडौंमा बेलुकी ५ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १२ गते बुक क्लोज गर्ने जनाएको छ ।