काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । कम्पनीकोे पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनी तर्फका संचालकहरुको कार्यकाल थप गरिएको हो ।
सो संचालकहरुको पुष २७ गतेदेखि समाप्त हुने भएकोले कम्पनीको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संस्थापक तर्फका संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मको लागि थप गर्ने निर्णय गरिएको हो । हाल कम्पनीको सञ्चालक समितिमा राजेन्द्र कुमार श्रेष्ठ,निभा डंगोल श्रेष्ठ,दिनेश कुमार केसी,सञ्जिव प्रधान र बसन्त कुमार कटुवालको कार्यकाल थप गरेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.