काठमाडौं। सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारणसभा शुक्रवार धुलिखेलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वित्तीय विवरण सर्वसम्मतीले पारित गरेको छ । गत आवमा विविध कारणले साधारणसभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको बताइएको छ ।
सभाको विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र्र बैंकले क्षेत्रीयस्तरको विकास बंैकका लागि तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था बमोजिम बैंकको हाल कायम रहेको चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । नेपाल राष्ट्र्र बंैक लगायत अन्य नियमनकारी निकायले स्वीकृति प्रदान गरेपश्चात् मात्र उक्त हकप्रद शेयर जारी गरिने गरी उक्त प्र्रस्ताव स्वीकृत गरेको हो । साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति सम्बन्धी कार्य गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हो ।