काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले बिहीवार नेप्सेमा एक सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसकिने जानकारी गराएको हो ।
आर्थिक वर्ष २०७८/७९ का वित्तीय विवरणहरू बाह्य लेखापरीक्षकबाट परीक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीले जानकारी गराएको हो ।
साथै कम्पनीले आव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।