काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेको जानकारी दिएको छ ।
कम्पनीले पछिल्लो पटक आव २०७५/७६ मा ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६०४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो तीन वर्ष कम्पनीले शेयरधनीहरूलाई लाभांश दिएकाे छैन ।