साउन ८, काठमाडौं । सिन्धु विकास बैंकमा तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बैंककाे साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संजिव प्रधान, बसन्तकुमार कटुवाल र समिर कक्षपतिलाई निर्विरोध निर्वाचित गरेकाे हाे । कम्पनीको साउन ६ गते सम्पन्न वार्षिक साधारणसभाबाट उनीहरू निर्विरोध निर्वाचित भएको नेप्सेमार्फत जानकारी दिइएको छ ।
साधारणसभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
यस्तै, साधारणसभाले बैंकसँग अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने अथवा प्राप्तिसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।