काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि विक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १ बराबर १ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रक्रियामा छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।
हेर्नुस् सूचना