काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छ ।
जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरेको हो । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ ।
नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद शेयर निष्कासन गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।