काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले पुस २२ गते हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।
बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्न सक्नेछन् । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको हो ।