काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पूर्ण कर्मचारीहरू र केही विभागीय प्रमुखहरू समेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरेको हो ।
तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा जानकारी दिइएको थियो । यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिइएको थियो ।