काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक संस्था रक्षा नेपाललाई सहयोग गरेको छ ।
बैंकले संस्थालाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेको हो । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुन:स्थापनाका क्षेत्रमा संस्थाले उनीहरूलाई शीप, शिक्षा, परामर्श, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकतामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताइएको छ ।
समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई गरिएको उक्त सहयोगले संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकको छ । आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बैंकको छ ।