काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ११ दशमलव ६० प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ३८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड १० लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २६ दशमलव ९७ प्रतिशत घटेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १२ करोड १४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १३ करोड १८ लाख पुगेको हो ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २४ पैसा रहेकोमा चालू आवमा घटेर रू. १५ रुपैयाँ ८४ पैसामा सिमित भएको हो ।
चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३० करोड ४५ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६७ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ६४ लाख रहेको छ ।