काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको यी शेयर सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र तनहुँको बन्दीपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा आफूले खरीद गर्न चाहेको शेयरको संख्याको व्यहोरा समेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ ।