काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
मकवानपुरको हेटौडास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।