काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्वीटी फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार दुवै फण्डको नाफा असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ ।
सनराइज फोक्कस्ड इक्वीटी फण्डले असार मसान्तसम्ममा रू. २ करोड ३४ लाख नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. ३१ लाख ३३ हजारमा झरेको हो । त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले असार मसान्तमा रू. ११ करोड ४९ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. ४ करोड ९१ लाखमा सीमित भएको छ ।
साउनमा यी दुवै फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
सनराइज फोकस्ड फण्डको नाफासँगै न्याभ पनि घटेको छ । असार मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २४ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ १७ पैसामा कायम भएको हो ।
यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४१ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ४० करोड ३२ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको पनि न्याभ असारको तुलनामा साउनमा घटेको छ ।
फण्डको न्याभ असार मसान्तसम्ममा १२ रुपैयाँ ९२ पैसा रहेकोमा साउन मसान्तमा १२ रुपैयाँ ९० पैसा कायम भएको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ५९ करोड ७८ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ६८ करोडभन्दा बढी थियो ।
सनराइज फोकस्ड इक्वीटी फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्
सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्