काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।
योजना व्यवस्थापकको साउन २५ गते बसेको सञ्चालक समिति बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित प्रतिफलका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति भने निकट भविष्यमा प्रकाशित गर्ने जानकारी दिएको छ । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।