काठमाडौं। तीन वर्षदेखि युनिलिभरको ब्राण्ड सनसिल्कले सञ्चालनमा ल्याएको ‘सनसिल्क दशैं भाइब्स’लाई ‘सनसिल्क भाइब्स’को रूपमा चाडपर्व बाहेकको समयमा पनि निरन्तरता दिने भएको छ । अभियानको नयाँ थिम लाइन ‘माई हेयर, माई भाइब्स’ले सहभागीलाई आफ्नो कपालले जीवनमा निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई समेट्न प्रोत्साहित गरेको अपेक्षा गरिएको छ ।
सनसिल्क सधैं प्रवृत्ति सेट गर्दै समुदायको भावना निर्माणमा सक्रिय रहेको बताइएको छ । सनसिल्क भाइब्स चाँडै नै हेयरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई परम्परागत संस्कृतिसँग आधुनिक प्रचलनमा जोडिएको कम्पनीको भनाइ छ । यो वर्ष नेपालभरका सहभागीले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा शेयर गरी उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइल देखाएको बताइएको छ । कम्पनीले अभियानअन्तर्गत शुक्रवार यस वर्षको ‘सनसिल्क ग्याङ अफ गल्र्स’को समापन गरेको बताइएको छ । अभियानका विजेता आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुरले आफ्नो युनिक स्टाइल र सृजनात्मकतामार्फत रू. १ लाखका दरले पुरस्कार प्राप्त गरेको बताइएको छ ।