काठमाडौं। सनसिल्कले विगत तीन वर्षदेखि गर्दै आएको ‘सनसिल्क दशैं भाइब्स’ अभियानलाई यसपटक ‘सनसिल्क भाइब्स’को रूपमा प्रस्तुत गरेको बताइएको छ । असोज ११ देखि शुरू भएको यो अभियान आगामी मङ्सिर मसान्तसम्म चल्ने बताइएको छ । अभियानका सहभागीले कपाललाई मुख्य आकर्षण बनाएर चाडपर्व तथा दैनिक जीवनका गतिविधिलाई समेटेर सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने बताइएको छ । सहभागीले ‘माई हेयर, माई भाइब्स’ उल्लेख गर्दै नवीन सनसिल्क स्टाइल र भाइब्स देखाएर प्रतिस्पर्धामा भाग लिन सक्ने बताइएको छ । अभियानअन्तर्गत सनसिल्क ‘ग्याङ अफ गल्र्स’को अर्को संस्करणमा पनि सहभागी हुन सकिने बताइएको छ ।
प्रतिस्पर्धामा भाग लिन सनसिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम/फेसबुक रिल्स बनाई आफ्नो सनसिल्क स्टाइल र व्यक्तित्व देखाउनुपर्ने बताइएको छ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नुरहेको बताइएको छ । यसले उनीहरूलाई नेपालभरका युवतीका लागि प्रेरणाको स्रोत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सनसिल्क भाइब्सले प्रत्येक दिनका साधारण क्षणमा पनि उत्सव देखाउने र कपालको सौन्दर्यले युवतीहरूको आत्मविश्वासलाई झल्काउने बताइएको छ ।